महामारीमा बिनाबर्दिको सेनाको रूपमा काम गरौं : पूर्वगृहमन्त्री शर्मा

रुकुम । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्ला अस्पताल रुकुम पश्चिमको निरीक्षण गरेका छन् । 

कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमणले निम्त्याएको महामारीको अवस्था र आगामी तयारीको व्यवस्थापनका लागि उनले बिहीबार अस्पतालको निरीक्षण गर्दै अस्पताल प्रशासनलाई बिरामीको सेवामा निरन्तर खट्न निर्देशनसमेत दिएका छन् । 

आफूसहित प्रमुख जिल्ला अधिकारी बन्द्रीनाथ गैरे, जिल्ला समन्वय समितिका प्रमुख रामकुमार शर्मा, मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमसँग बैठक बसेर अस्पतालमा रहेका सबै स्टोर र गोदाम खाली गरेर थप ६० जति नयाँ बेडको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय भएको छ ।

उक्त निर्णयसहित बैठकले संक्रमितलाई उच्च प्राथमिकतामा राखेर उपचार गराउने विषयमा १२ बुँदे निर्णय गरेको छ ।    

‘स्वास्थ्यकर्मी सबैले उच्च मनोबलका साथ काम गरिरहनु भएको छ । थप ६० जति नयाँ बेडको व्यवस्थापन गरेका छौं । महामारीको बेला  जनप्रतिनिधि,कर्मचारी हामी सबैले बिनाबर्दिको सेनाको रुपमा काम गरौं,’ अस्पताल निरीक्षणपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महामारीविरुद्ध सबै एकजुट भएर लडौं जनताको जीवन रक्षा गरौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..