हुम्लामा हवाई उडान सुचारु, खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न पाइने

हुम्ला । कोरोना भाइरस संक्रमणको दर बढ्दै जाँदा खाद्यान्न संकट पर्न सक्ने भन्दै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न दिने निर्णय गरेको छ। केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थिति भयावह हुन सक्ने अवस्थालाई ध्यानमा राखी जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो।


बैठकमा जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधि समेत सहभागी थिए।यसअघि नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला हुम्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज र सुर्खेतसँगको प्रत्यक्ष हवाई सम्पर्क बिच्छेद गर्न यही वैशाख २२ गते राति १२ बजेदेखि संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाभर निषेधाज्ञा गरिएको थिया। सो अवधिमा सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडानसमेत बन्द गरिएको थियो।एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ।

निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पीपीई सेट लगाउनुपर्ने निर्णयसमेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..