फरार पत्नी भाइसहित ४ जना प्रहरीको फन्दामा

जनकपुरधाम । श्रीमानको हत्या गरेर फरार पत्नीसहित ४ जना पक्राउ परेका छन् । धनुषा जिल्लाको हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्यापछि फरार भएकी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक ( डीएसपी ) मकेन्द्र मिश्रले जानकारी दिए ।

हत्या आरोपमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल पक्राउ गरिएको छ । उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको डीएसपी मिश्रले बताए ।


देवरसँग भाउजुको अनैतिक सम्बन्धका कारण विवाद हुँदा श्रीमती र भाइहरुले नै शम्भुको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक मिश्रको भनाइ छ ।

गत शुक्रबार राति धारिलो हतियार प्रहार गरी मण्डलको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..