विमानस्थलबाट बरामद भयो १ किलो भन्दा बढी सुनजस्तै धातु, पाँच जना पक्राउ

काठमाडौं । धेरै समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तै पहँेलो धातु बरामद भएको छ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित पाँचजनालाई पक्राउ गरेको छ ।


अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलो ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।


पक्राउपरेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान र दुईवटा बाला बरामद गरेको हो ।


यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ । पक्राउ परेका उनीहरुले लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि विदेश लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।


पक्राउ पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..