स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने

काठमाडौँ । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सरकारले तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने बताएका छन्।

उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि जानकारी दिए। यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षसम्म करारमा भर्ना गरिने पनि प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री केपी ओलीले सार्वजनिकस्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटलमा आइसोलेसन र क्वारेन्टाइन बनाइने बताएका छन् ।


उनले नेपाली सेनालाई १ हजार बेडको अस्पताल बनाउन निर्देशन दिइसकेको जानकारी समेत गराए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..