कोभिड १९ का बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । पूर्वआइजीपी सर्वेन्द्र खनालसहितका केही ब्यक्तिहरुले कोेरोना बिरामीलाई अस्पताल लैजान सजिलो होस् भनेर निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेका छन् । काठमाडौ उपत्यकामा२४ सै घन्टा संचालन गर्नेगरी शनिबार(आज)बाट निशुल्क कोभिड एबुलेन्स सेवा संचालन गरेको जानकारी अभियानका एक सदस्य अधिवक्ता संजयराज अधिकारीले दिएका छन् ।

एम्बुलेन्स अक्सिजनसहित सन्चालन गरिएको जनाइएको छ । निजी सावारी साधन नभएका र एबुलेन्सको खर्च तिर्न नसक्नेले एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्नसक्नेछन् । निःशुल्क एम्बुलेन्सका लागि निम्न मोवाइल नम्बर ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिने अधिवक्ता अधिकारीले जानकारी दिएका छन् ।


निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने अभियानमा पूर्वआइजीपी खनालका अतिरिक्त पाइलट बिजय लामा, भ्रष्टाचार बिरुद्धको अभियान संचालन गर्ने हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, निखिल उप्रेती, कलाकार निखिल उप्रेती छन् ।

त्यसैगरी ॐ समाज डेन्टल अस्पताल, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, डा. सुबास घिमिरे, एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, अधिवक्ता संजयराज अधिकारी, पर्यटन यातायात महासंघका अध्यक्ष रामहरि शर्मा, राप्रपा नेता देबेन्द्र प्रधान र बिरा समाज सेबा पनि निःशुल्क एम्बुलेन्स संचालन गर्ने अभियानकर्तामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..