जनता समाजवादी पार्टी फुटको संघारमा

काठमाडौं । एमालेपछि जनता समाजवादी पार्टी पनि आन्तरिक कलहमा फसेको छ । जनता समाजवादी पार्टी(जसपा) को बहुमतले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेसँगै उक्त पार्टीमा चर्को विवाद उत्पन्न भएको छ ।

सत्ता समीकरणमा निर्णायक जसपाका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले माइन्यूट घरमै लगेर बैठक नै नबसी एक एकलाई हस्ताक्षर गराई कार्यकारिणी समितिको बैठकले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको आरोप लगाएको छ ।

र, उक्त निर्णय स्वीकार गर्न नसकिने बताउँदैआएको छ ।तर अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु भने कार्यकारिणी समितिको बहुमतले अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको बताउँदैआएका छन् ।प्रधानमन्त्री केपी ओलीकै सरकारमा जाने पक्षमा ठाकुर र महतो छन् ।

भने ओली मधेश बिरोधी भएकाले उनी जस्ता प्रतिगमनकारीसँग सरकारमा जानै नसकिने पक्षमा यादव र डा. भट्टराई छन् । यो लडाईमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई पूर्व राजपाका नेता महेन्द्र यादवले पनि साथ दिएका छन् । जसका कारण कार्यकारिणी समितिमा उपेन्द्र यादवहरुको बहुमत देखिएको छ । ३२ सांसदमध्ये १८ जनाले उपेन्द्रकै पक्षमा हस्ताक्षर गरिसकेका छन् ।


पछिल्लो समय पार्टीमा अध्यक्षद्धय ठाकुर र यादवबीच बोलचाल नै बन्द भएको छ । जसपा फुट्न नदिन दोस्रो पुस्ताका युवानेताहरुले दुई अध्यक्षबीच सम्वाद गराउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..