दुई फरार प्रतिवादी पक्राउ

बर्दिया । प्रहरीले बर्दियामा विभिन्न मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार २०७६ फागुन ७ गते जिल्ला अदालतको फैसलाले घरेलु हिंसा मुद्दामा जरिवाना तोकिई फरार रहेका बर्दिया, बढैयाताल निवासी रामलाल थारुलाई बिहीबार पक्राउ गरिएको हो ।


३५ वर्षीय थारुलाई इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस्तै, जिल्ला अदालतको २०७० असार २३ गतेको फैसलाले जारी मुद्दामा जरिवाना तोकिई फरार रहेका बढैयाताल निवासी ४६ वर्षीय जयबहादुर थारुलाई पनि प्रहरीले बिहीबार नै पक्राउ गरेको छ ।

उनलाई पनि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..