रौतहट । इलाका प्रहरी कार्यालय गरुडाले २ सय ४० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सो कार्यालय तथा मातहत प्रहरी कार्यालयले विभिन्न मितिमा सवारी साधनहरु चेक जाँचको क्रममा १६ वटा ग्यालेनमा रहेको सो परिमाणको अवैध घरेलु नष्ट गरेको सो कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ( डीएसपी ) रवि रावलले जानकारी दिए ।
उहाँका अनुसार बरामद गरिएको मदिरा सो कार्यालयको मुल ढोका देखी ५० मिटर उत्तर गौर चपुर सडक खण्डको पश्चिम किनारमा ईलाका प्रशासन कार्यालय गरुडा ,गरुडा नगरपालिका गरुडा, कर सेवा कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रतिनिधी, स्थानिय भद्रभलादमी र संचारकर्मीहरुको रोहवरमा सामाजिक दुरी कायम गरी बरामद मदिरा नष्ट गरिएको हो ।
अवैध घरेलु मदिरा विरुद्ध सो कार्यालयले शुन्य सहनशिलता सहित कडा निगरानी गरेकाले प्रहरीलाई सफलता हात परेको रावलको भनाइ छ ।


