दुबईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।


उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


जजिरा एयरलाइन्सको उडानबाट शर्मा काठमाडौं ओर्लिएका हुन् । विमानस्थल भन्सार कार्यालयले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..