भारतीय रक्षा प्रमुख रावतको नेपाल भ्रमण

काठमाडौं । सरकारले भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतलाई नेपाल भ्रमणको निम्तो पठाउने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङ बुधबार सार्वजनिक गरेका छन् ।

सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । मन्त्रिपरिषदको निर्णयमा दुवै पक्षको सहमतिअनुसार नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइने उल्लेख छ ।

गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्य सेवामा प्रवेश गरेका रावतको पिढी नै सैनिक पृष्ठभुमीको हो । उनी सिक्किम स्काउटका समेत संरक्षक हुन् । भारतको उत्तराखण्डका जनरल रावत भारतीय सेना प्रमुखबाट अवकाशपछि भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको विशेष पहलमा थल, जल र हवाई सेना देखि रक्षा मन्त्रालयसम्म हेर्नेगरि उनका लागि नयाँ पद सृजना गरिएको हो ।

नेपालको धेरै पटक भ्रमण गरिसकेका नेपाली सेनाका मार्नाथ सेनापति जनरल रावत नेपाल भारत सम्बन्ध र नेपालको राजनीतिका जानकार मध्ये एक हुन् । उनको भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेका हुन् ।

गत वर्ष नोभेम्बरमा कोरोना महामारीकै बीचमा भारतीय सेनाका प्रमुख मनोज मुकुुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..