अश्लील हर्कत गरेको भन्दै पारलैङ्गिक ६ जना पक्राउ

भरतपुर । बाटोमा हिड्ने सर्वसाधारणसँग अश्लिल हर्कत गरेको भन्दै चितवन प्रहरीले पारलैङ्गिकलाई पक्राउ गरेको छ।


भरतपुर महानगरपालिकाको वडानम्बर ३ भरतपुर ओरालोस्थित सडक खण्डको एरियामा रातको समयमा हिँड्ने सर्वसाधारण मानिसलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत गरेको भन्दै प्रहरीले ६ जना पारलैङ्गिकलाई नियन्त्रणमा लिएको हो।

पारलैङ्गिकहरुले आफूहरुमाथि अश्लील हर्कत गरेको भन्दै स्थानीय बासिन्दाले मौखिक उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।बाटोमा हिँड्ने मानिसहरुलाई अश्लील हर्कतका साथै रातिको समयमा हो–हल्ला गरी सामाजिक शान्ति सुरक्षामा खलल् पुर्‍याएको उनीहरुमाथि आरोप लगाइएको छ।


पक्राउ परेका पारलैङ्गिकहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ परेका ६ जना पारलैङ्गिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..