पेस्तोल र चरेससहित एक भारतीय पक्राउ

सर्लाही। सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामढि जिल्ला बिसनपुर घर भएका २२ वर्षीय सकलदीप कुमार छन् ।

आइतबार साँझ करिब ८ बजेको समयमा सर्लाहीबाट कुमारलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नपा ६ खुटौनाबाट भारतीय मोटरसाइकल सहित कुमारलाई नियन्त्रणमा लिएको थियो ।

उनको साथबाट २ नाल कटुवा पेस्तोल, त्यसमा लाग्ने २ राउण्ड गोली र २ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई आबश्यक कारबाहीको लागि स्थानीय प्रहरी कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..