बागमतीमा बलात्कार बढ्यो

बागमती। बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ ।


०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग बढेको छ । ०७५ मा १०६ वटा ज्यान मार्ने उद्योगका घटना दर्ता भएका थिए । ०७६ मा ९२ वटा घटना भएका थिए ।

सो संख्या बढेर ०७७ मा ११० पुगेको छ ।०७७ मा १२ वटा बोक्सीका आरोपका घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ०७६ मा बोक्सीको आरोपको घटना एउटा मात्रै थियो । ०७५ मा बोक्सीको आरोप लगाएको कसुरमा ७ वटा मुद्दा दर्ता भएका थिए ।


पछिल्लो वर्ष ज्यान मुद्दा, आत्महत्या दुरुत्साहन, संगठित अपराध र बलात्कार उद्योगका अपराध चाहिँ घटेका छन् । ०७५ मा ६७ वटा ज्यान मुद्दा दर्ता भएको थियो । ०७६ मा सो संख्या बढेर ७० पुग्यो । यसवर्ष प्रदेशभरका प्रहरी युनिटमा ६५ वटा ज्यानमुद्दा दर्ता भएको बागमती प्रदेशका डीआईजी बसन्त लामाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..