नेकपा एमालेको खेलकुद महासंघ कि पीएहरुको क्लव ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट एमालेनिकट खेलकुद महासंघ युवासंघका पूर्वअध्यक्ष रमेश पौडेलको अध्यक्षतामा गठन भएको छ । मंगलबार (बैशाख ७) गठित महासंघ स्वकीय सचिव(पीए)हरुको क्लव जस्तै भएको छ । सबैदलाई पद दिएर माधव नेपाल समूहमा जान नदिने नीति अन्तर्गत खेलकुद महासंघमा पनि ४४ सदस्यीय जम्बो पदाधिकारीको ब्यवस्था गरिएको छ । पदाधिकारीको संख्या तय भए पनि कस कसलाई राख्ने भन्ने टुंगो बिहीबारसम्म पनि लाग्न सकेको छैन ।

बरिष्ठ उपाध्यक्षमा परशुराम बस्नेतलाई राखिएको छ । युवासंघ र पार्टीमा महेश बस्नेतले ढिम्किन नदिएपछि बस्नेतलाई खेलकुद महासंघमा उपाध्यक्षमा थान्को लगाइएको छ । खेलकुद महासंघका पदाधिकारी आधिजसो त ओली एमालेका सांसद र मन्त्रीका पीएहरु छन् । पीएका अलावा विभिन्न काण्डमा मुछिएकाहरुलाई पनि ओली एमालेले खेलकुद महासंघमा राखेको छ ।

प्रधानमन्त्री केपी ओलीका पीए दीपेन्द्र दाहाललाई उपाध्यक्ष बनाइएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलका पीए प्रभातविक्रम कटवाल पनि उपाध्यक्ष भएका छन् । पूर्वसांसद विचारी यादवका पीए रामकिशोर यादवलाई सचिवमा राखिएको छ । राष्ट्रियसभाका सांसद रामचन्द्र राईका पीए दीपक न्यौपाने सचिव भएका छन् ।

उपाध्यक्ष १२ जना छन् । युनिटी ठगी प्रकरणमा मुछिएका र चितवन मेडिकल कलेजका संचालक डा हरिशचन्द्र न्यौपानेलाई अपहरण गर्न उनकै घरमा पुगेपछि पक्राउ परेका सुवास श्रेष्ठ ‘तक्ले’लाई उपाध्यक्ष बनाइएको छ । युनिटी नामक नेटवर्किङ ब्यापारमा लागेर सयौंलाई ठगेका सुवास श्रेष्ठले युनिटी पार्टी नै गठन गरेका थिए । उनी यसअघि वामदेव गौतम गृहमन्त्री हुँदा सरुवा बढुवा गरिदिन्छु भन्दै धेरैको पैसा खाएको भनी बदनाम भएका थिए । खेलकुद परिषदका बोर्ड सदस्य मेघराज पौडेललाई महासचिव बनाइएको छ । उनी पुरुषोत्तम पौडेल अध्यक्ष रहेको महासंघमा सदस्य मात्र थिए । उपमहासचिव ६ जना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..