समाचार लेखेको आधारमा पत्रकारलाई धरपकड नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले समाचार लेखेको आधारमा पत्रकारलाई पक्राउ र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार मुख्य न्यायाधीश नृपध्वज निरौलाको इजलासले फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरीत हुने गरी धरपकड नगर्न महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका नाममा अन्तरिम आदेश जारी गरेको हो ।


समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई धरपकड गरेको भन्दै उज्यालो नेटवर्क डटकम प्रालिका तर्फबाट विनोदकुमार मण्डलले महानगरीय अपराध अनुसन्धान शाखालाई विपक्षी बनाई उच्च अदालतमा रिट दिएका थिए ।
उक्त सञ्चार माध्यमले प्रधानमन्त्री र भारतको गुप्तचर संस्था रका प्रमुखबीच सहमति भएको भनी झुटो खबर प्रकाशन गरेको थियो । तर सो विषयमा माफी माग्दै अनलाइनबाट समाचार हटाएको छ ।


सो समाचार प्रकाशन भएपछि प्रहरीले उज्यालो नेटवर्क डटकमका सम्पादक र सो समाचार कपी गरी प्रकाशन गर्ने अरु सञ्चार माध्यमका पत्रकारको खोजी गरिरहेको छ ।समाचार प्रकाशनको विषयमा कारबाही गर्ने निकाय प्रेस काउन्सिल नेपाल मात्र भएकाले प्रहरीले धरपकड गर्नु गलत भएको प्रेससंवद्ध विभिन्न संघसंस्थाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..