अनुदानबाट रासायनिक मल खरिद : सञ्चालकलाई नाफा वितरण प्रस्ताव

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समिति बैठकमा कानून विपरीत सञ्चालकहरुले वार्षिक नाफाको ०.५ प्रतिशत नाफा बाँड्ने प्रस्ताव लगिएको छ । पूर्ण सरकारी स्वामित्वको सरकारी लगानीको उक्त कम्पनीमा सञ्चालक समिति अध्यक्ष शशिराज तुलाधरले नाफा वितरण गर्नका निरन्तर दबाब दिएपछि यस्तो प्रस्ताव छलफलका लागि लगिएको हो ।

सञ्चालक समितिमा यस्तो प्रस्ताव लगिएको भएपनि त्यसबारे निर्णय भने नभएको छैन । कृषि सामग्री कम्पनीमा अध्यक्ष र एकजना विज्ञ सदस्य बाहेक बाँकी संचालकहरु पदेन रहन्छन् ।प्रबन्ध सञ्चालक र एक जना सदस्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहसचिव र थप एक जना सञ्चालक अर्थमन्त्रालयको सहसचिव रहने व्यवस्था छ ।

अधिकांश सरकारी कर्मचारी नै सञ्चालक समितिमा रहेको कम्पनीको नाफा बाँड्दा त्यस्तो नाफा व्यक्तिले नभई मन्त्रालयले पाउनेसम्मको छलफल भएको छ ।कम्पनीको विज्ञ सदस्य पद भने अहिले खाली छ ।कम्पनीको ऐन २०५३ अन्तर्गत स्थापित यो कम्पनीको सरकारको पूर्ण स्वामित्व रहेको छ।

कम्पनीले मुख्यगरी रासायनिक मल र अरु कृषि सामग्रीहरु खरिद गरी वितरण गर्दै आएको छ ।त्यस्तै बिउबिजनको कारोबार पनि यो कम्पनीले गर्दै आएको छ भने कम्पनीको नाममा देशका विभिन्न स्थानमा रहेका जग्गा तथा भौतिक संरचनाहरु भाडामा लगाएर पनि आम्दानी गर्दै आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिदका लागि उपलब्ध गराउने अनुदान रकमबाट कम्पनीले रासायनिक मल खरिद गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

संकटको बेला नेपाल प्रहरीको फरक भूमिकामा

काठमाडौं । प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध अनुसन्धान हो । तर, अहिले कोरोना महामारीको बेला प्रहरी फरक भूमिकामा देखिएको छ ।कोरोना संक्रमणको महामारी..