नेकपा माओवादी केन्द्रको बैठक सकियो : सरकारलाई दिएको समर्थन यथावत्

काठमाडौं । पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा आयोजित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ कि यथावतै राख्छ भन्नेमा आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएको छैन ।


यसअघि यस विषयमा पटक पटक बसेको बैठकले सरकारलाई दिएको समर्थनबारे छलफल गरे पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । यसरी नयाँ सत्ता समीकरणको टुंगो अन्तिम अवस्थामा नपुगेसँगै ओली सरकारलाई दिँदै आएको समर्थन यथावतै रहेको छ ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल गरिए पनि कुनै निर्णय नभएको बताएका छन् । उनका अुनसार यस विषयमा भोलि पनि बैठक बस्दैछ ।


यसैगरी प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले अचानक अन्त्य गर्नु अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम रहेको बैठकको निष्कर्ष छ ।
बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधसभाको बैठक अचानक बन्द गर्नु अलोकतान्त्रिक र स्वेच्छाचारी भएको बताए । सोमबार मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..