कल बाइपास गरेको आरोपमा एक भारतीयसहित २ जना केन्द्रिय अनुसन्धान ब्यूरोको फन्दामा

काठमाडौं । विदेशबाट आउने कल अवैध रुपमा बाइपास गरेको आरोपमा एक भारतीय नागरिक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय राना शाह र रौतहट घर भएका ३३ वर्षीय स्यामुल खानलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए ।


भारतको पञ्जाब घर भएका ३१ वर्षीय शाहले चन्द्रागिरी नगरपालिका–२ स्थित बसण्डोलमा कोठा भाडामा लिएर भिओआइपी सञ्चालन गरेका थिए ।

रौतहटका स्यामुल खानले उनलाई नेपाली सिमकार्ड उपलब्ध गराएको डिआइजी थापाले बताए । ब्यूरोले कल बाइपास गर्न प्रयोग गरिने प्राविधिक सामग्री बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..