पूर्वराजा शाहको भव्य स्वागतको तयारी , मोटरसाइकल र्‍यालीमा सहभागी हुन आव्हान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । भारतमा धार्मिक भ्रमणबाट आज (आइतबार) फर्कन लाग्नुभएका पूर्वराजा शाह विमानस्थलमा उत्रिँदा उहाँका समर्थकहरुले भव्य स्वागतको तयारी गरेका हुन् ।वीर गोर्खाली नामक संस्थाले पूर्वराजा शाहको भव्य तयारी गरेको जनाइएको छ ।

‘श्री ५ महाराजधिराज सरकारको फिर्ती सवारी भव्य रुपले सफल पारौँ’ भन्ने नाराका साथ सबैलाई मोटरसाइकल र्‍यालीमा सहभागी हुन भनिएको छ । आइतबार दिउँसो २ बजेपूर्वराजा शाह भारतबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।


यता, जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्र बचाऊ अभियान र राष्ट्रिय नागरिक आन्दोलन–२०७७ ले पनि पूर्वराजाको भव्य स्वागत गर्ने भएको छ । पूर्वराजा शाहको फिर्तालाई भव्य रुपमा मनाउन भन्दै सर्वसाधारण तथा राजावादीहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।


भारतको हरिद्वाराको महाकुम्भ मेलामा सहभागी हुन पुग्नुभएका पूर्वराजा शाहलाई त्यहाँ भव्य रुपमा स्वागत गरिएको थियाे । उहाँलाई रथ यात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..