मलेसियाबाट एकैपटक ल्याइयो ९ श्रमिकको शव

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो ।


विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरुको शब परिवारले अन्त्यष्टि गर्ने गन्तब्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिए ।यसअघि मलेसियाबाट दुई पटक १२ र १८ वटा शव ल्याइएको थियो । ‘मलेसियामा अझै ४ वटा शब ल्याउन बाँकी छ,’ उनले भने,’साउदीबाट पनि १३ वटा शब ल्याउनुपर्ने छ ।’


चालु आर्थिक वर्षको फागुनसम्म मात्रै ८८१ जना विदेशमा मृत्यु भएका श्रमिकको परिवारलाई बोर्डले क्षतिपूर्ति रकम दिलााएको छ । यो आर्थिक वर्षमा ७५० मात्रै शव आउने अनुमान गरेको यो वर्ष दोस्रो चौमासिकसम्म अनुमानभन्दा बढी श्रमिकको परिवरलाई क्षतिपूर्ति दिनुपरेको हो ।


मृतक परिवारलाई क्षतिपूर्ति दिन बोर्डले यो वर्ष ५२ करोड ५० लाख बजेट छुट्याएकोमा ५४ करोड ९८ लाख रूपैयाँ फागुनसम्म नै वितरण भइसकेको छ । बोर्डले विदेशमा जाँदा श्रमिकले जम्मा गर्ने वैदेशिक रोजगार कल्याणकारी कोषबाट क्षतिपूर्ति वितरण गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..