विशेष समयमा बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा मुख्यमन्त्री राई

विराटनगर । एक नम्बर प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । बैठकमा देखिएको गतिरोध अन्त्य निम्ति आइतबार दिउँसो १ बजे डाकिएको सभामा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गरेका छन्।

विशेष समयमा बोल्न नदिए प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने तयारीमा राई छन्‌। प्रदेश सरकारका प्रवक्ता एवम्‌ आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीले सदनमा आइतबार मुख्यमन्त्री राईले विशेष समय लिएर बोल्ने तयारी गरेका बताए ।

‘प्रतिपक्षी दलहरूले विशेष समयमा मुख्यमन्त्रीज्यूलाई बोल्न नदिए सरकारले आवश्यक निर्णय लिन्छ,’ उनले भने, ‘अहिले सदनको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग छलफल भइरहेको छ, निकास ननिस्किए सरकारले निर्णय लिनेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..