नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं । नक्कली सुनलाई सक्कली भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ गरेका छन्।
इमरान, पन्तलाल तामाङ भनेर चिनिने रवीन्द्र थापा तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

धादिङको रुवीभ्याली गाउँपालिका-१ का २२ वर्षीय तामाङलाई वनस्थलीबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए। तामाङले विभिन्‍न व्यक्तिहरुलाई फलाममा पहेँलो जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..