लहान । सलहेशसँग जोडिएको लहान पोखरीयागढमा बैशाख २ गते मेला लाग्ने गर्छ । त्यहाँका राजा कुलहेश्वरको नौलाखा हार त्यतिबेला चोहरमलले चोरेका थिए । त्यो हार केही समय दरभंगा महाराजको दरबारमा रहियो ।
दरभंगा महाराजाले उक्त हार मराठा बाजीराव पेशवाबाट खरिद गरिएको थियो । यो भन्दा अगाडि बाजीरावले १८५७ को क्रान्तिपछि नाना साहेब पेशवाले हार लिएर नेपाल आएका थिए ।
र, यो हार नेपालका जंगवहादुरलाई बेचिदिएको थियो । १९०१ मा तख्ता पलट विद्रोहमा बादशमशेर राणालाई नेपालको प्रधानमंत्री पद त्याग गर्नुपरियो । त्यसताका नेपाललाई धनको आवश्यकता परियो अनि दरभँगा महाराजा रामेश्वर सिंहले उक्त हार फेरी प्राप्त गरियो ।
यो हार १९६० सम्म दरभंगा परिवारमा ने रहियो । सँसारकै बहुमूल्य पन्नाका हार दरभंगा महाराज सँगै रहेको थियो । तर, लहानको पोखरीयगढबाट चोरी भएको नौलाखा हार दरभंगा महाराजाले कहाँ बेचियो ? कहाँ गिरबी राखियो ? आज दरभंगा महाराजा परिवारको जवाहरातको लन्डन अर्थात पेरिसमा लिलाम हुने गरेको छ ।


