‘बैशाख ३ गते खुस्किने गृहमन्त्री बादललाई ९ वर्षको बम्पर !’

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलको नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभामा सांसदको पद भोली ३ गते जाने भएको छ ।
तर,मन्त्री र सांसद पद धरापमा पारेर प्रधानमन्त्री ओलीतिर लागेको आलोचनालाई चक्मा दिने गरी उहाँ पुनः ६ वर्षको लागि सांसद भएर ९ वर्ष राष्ट्रिय सभामै अडिने रोडम्यापमा हुनुहुन्छ ।


संसद सचिवालय स्रोतका अनुसार माओवादी केन्द्रले लेखेको पत्रबमोजिम शुक्रबारदेखि बादल केन्द्रको सांसद रहनु हुने छैन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेनमा रहनुभएकाले उहाँको पद खुस्किन केही दिन ढिलो भएको हो । तिम्सिना आज साँझ स्वदेश फर्कंदै हुनुहुन्छ ।


बादल राष्ट्रिय सभाको सांसद बनेको ३ वर्ष भयो । अब फेरि जिताएर आगामी ६ वर्ष सांसद बनाउने सहमतिमा बादलले प्रधानमन्त्रीलाई साथ दिएको रहस्य बाहिर आएको हो । उहाँ माओवादीको तीन वर्षे छाडेर एमालेको ६ वर्षे सांसद बन्ने रोडम्यापमा हिँडेपछि ९ वर्षको चिठ्ठा पर्न लागेको हो । त्यसैले बालुवाटारमा भन्न थालिएको छ ‘३ गते खुस्किने बादललाई ९ वर्षको बम्पर !’


माओवादी केन्द्रले राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्काको विरुद्धमा भने अहिलेसम्म पत्र लेखेको छैन । अर्घाखाँचीका उनी मन्त्री टोपबहादुर रायमाझीनिकट मानिन्छन् ।


राष्ट्रियसभामा रिक्त हुने बादल लगायतका सांसदहरूको स्थानमा पैंतिस दिनभित्र उपचुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । त्यसको लागि गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,नगर प्रमुख, उपप्रमुख,प्रदेश सदस्य सबै ताँती लागेर चुनावमा होमिनुपर्ने हुन्छ । त्यसो गर्दा नसोचेको रकम खर्च हुने निश्चित छ ।


यता,प्रतिनिधिसभामा पनि माओवादीका चार जना प्रत्यक्ष निर्वाचित सांसदको पद खुस्केको छ । त्यसका लागि दुई महिनामा उपचुनाव गराउन सकिने निर्वाचन आयोगले अनौपचारिक धारणा दिइसकेको छ । तर,सरकारले स्पष्ट धारणा नजनाएकाले उपचुनावको बारेमा यसै गर्ने भन्ने बारेमा आफूहरूलाई अन्योलग्रस्त भएको आयोगका एकजना आयुक्तले बताएका छन् ।


ती आयुक्त भन्छन् ‘सरकार पाएसम्म मङ्गसिरमै मध्यावधि चुनावमा जाने तयारी गरिरहेको छ । त्यसैले चार पाँच महिनाको लागि उपचुनाव गर्नुको कुनै अर्थ नहुने भएकाले हामीले मुख खोलेका छैनौं ।’ बुधबारको जनआस्था साप्ताहिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..