श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले इन्टरपोलको सहायतामा काजीमान पुरीलाई पक्राउ गर्न सफल भएको छ । गत वर्ष चैत २९ गते तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको आफ्नै घरमा हत्या भएको थियो । विन्दाका श्रीमान् दुबईमा ८/१० वर्षदेखि कार्यरत थिए ।

उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू पनि थिए । महिला हत्याको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसहितको टोली पुगेको थियो । घटनाको एक वर्षपछि आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले इन्टरपोलको सहायतामा काजीमान पुरीलाई पक्राउ गर्न सफल भएको छ ।

काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई उनको खोजी गर्ने क्रममा ईन्टरपोल आवुधावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले यूएईबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिन्दाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । शरीरको तल्लो भाग निर्वस्त्र रहेको अवस्थामा उनी भेटिएकी थिइन् । अभियुक्तले बलात्कार गरी हत्या भएको जस्तो देखाउन खोजेको थियो । बिहान साढे ५ बजेको समयमा शव फेला परेको थियो ।भाउजुको हत्या भएपछि देवर मनोज पुरी र भाइ गोपाल पुरीले प्रहरीमा जाहेरी दिए ।

प्रहरीको अनुसन्धानबाट घटनामा संलग्न दुई जना पक्राउ परे । पक्राउ पर्नेमा बिन्दाकै २ देवर ३१ वर्षीय सुरेन्द्र र २४ वर्षीय बालकृष्ण थिए । प्रहरीसँगको बयानमा उनीहरुले दाइ काजीमानको योजनाअनुसार भाउजुको हत्या गरेको स्वीकारे । प्रहरीको अनुसन्धानबाट पनि काजीमानको संलग्नता खुल्यो । यता, भाइहरु पक्राउ परेपछि भने युएईमा रहेका काजीमान फरार भए । प्रहरीले गत असोजमा उनलाई पक्राउ गर्न सहायताका लागि इन्टरपोललाई पत्र लेखेको थियो ।

इन्टरपोलको सहायतामा काजीमानलाई पक्राउ गरी नेपाल ल्याइएको छ । लामो समयदेखि विदेशमा बस्दै आएका काजीमानलाई आफ्नै श्रीमतीसँग शंका थियो । श्रीमतीले आफ्नो अनुपस्थितिमा अरु कसैसँग सम्बन्ध बनाएको उनले आशंका गर्दै आएका थिए । फेसबुकलगायत सामाजिक सञ्जालमा श्रीमतीको गतिविधि, म्यासेज उनले हेर्दै आएका थिए ।

त्यही आशंकाको भरमा उनले योजना बनाई श्रीमतीको हत्या गरेका थिए ।घटनामा संलग्नताको आरोपमा पक्राउ परेका अन्य दुई जना भने अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..