छुट्टाछुटै स्थानमा दुर्घटना हुदा दुई जनाको मृत्यु


बिराटनगर । मोरङ सुन्दरहरैचा-७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको छ । आज बिहान सवा ५ बजे सुन्दरहरैचा-७ स्थित राजमार्गमा प्रदेश १- ०२-००१ ख ८५३० नम्बरको टिफरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन ।

गम्भिर घाईते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र चालक सुन्दरहरैचा-५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ सुनबर्षी-८ बस्ने ३० बर्षीय बिरेन्द्र प्रसाद मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सवा ४ बजे सुनबर्षी-८ स्थितमा BR38R 8790 नम्बरको भारतिय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको हो ।

मोटरसाईकल चालक सोही स्थानका २९ बर्षीय चन्दन केवट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..