उच्च अदालतबाट अधिकारी हत्याका अभियुक्तलाई पनि सफाइ

हेटौंडा । सशस्त्र द्वन्द्वको समयमा चितवनमा मारिएका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नको अभियोग लागेकाहरुले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।


उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीशहरु चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले अधिकारी हत्याको अभियोग लागेका १२ जनालाई सफाइ दिने चितवन जिल्ला अदालतकै फैसलालाई सदर गरेको हेटौंडा इजलासका उपरजिस्ट्रार कैलाश भट्टराईले बताए ।
२०६१ जेठ २४ गते गोरखा फुजेलका मुक्तिनाथ र गंगामाया अधिकारीका कान्छा छोरा १७ वर्षका कृष्णप्रसादको तत्कालिन माओवादीले हत्या गरेको थियो ।


उनको हत्या आरोपमा २०७० चैत ३० गते छिमेकी छविलाल पौडेल, भीष्मराज पौडेल, रामप्रसाद अधिकारीसहित १२ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुलाई जिल्ला अदालत चितवनले २४ भदौ २०७५ मा सफाइ दिएको थियो ।

त्यसविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।कृष्णप्रसादकी आमा गंगामाया छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै हाल वीर अस्पतालमा अनशनरत छिन् । यही माग राखेर अनशन बसेका बाबु मुक्तिनाथको भने २०७१ असोज ६ गते अनशनकै क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..