पर्साबाट १५ किलो चरेश बरामद

पर्सा । प्रहरीले पर्साबाट लागु औषध चरेश १५ किलो बरामद गरेको छ । कालिकामाई गाउँपालिका– १ तीनडाबियाबाट प्रहरीले उक्त चरेश बरामद गरेको हो ।

शनिबार राति ९ बजे गएको प्रहरी टोलीले गँहुको खेतमा २ वटा बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ ।


चरेश लुकाउने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..