लहानको मालपोत कार्यालयमा बम बिस्फोटमा संलग्न अभियुक्त प्रहरीको नियन्त्रणमा

लहान। सिरहाको लहान नगरपालिका वडा नम्बर –८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चैत एक गते दिउँसो १२ : ५० बजे सिरहा लहान नगरपालिका ८ को मालपोत कार्यालयमा कुकर बम बिष्फोट भएको थियो । उक्त घटनामा संलग्न भई फरार रहेका सिरहा लक्ष्मीपुर पतारी गाउपालिका ३ लवकाटोलका २० वर्षीय गुड्‍डु भन्ने रामजतन मुखियालाई ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलीले शनिबार पक्राउ गरेको हो ।


सिरहा लहान नगरपालिका १ लोकतन्त्र चौकबाट पक्राउ गरी आवश्यक थप अनुसन्धानको लागि ईप्रका लहानमा राखि अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा सुखिपुर नगरपालिका–५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यू गिरि पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..