सिरहामा वाईसीएलको समिति विस्तार

सिरहा । प्रदेश – २ का जिल्ला सिरहाको १७ वटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को युवा एवम् भातृ सँगठन वाईसिएलको सँगठन विस्तार गरेको छ । 

मँगलबार सिरहाको लहानस्थित बसेको जिल्ला समितिको बैठकबाट सिरहाको १७ वटै स्थानीय तहको लागि सँयोजक सहितको समिति चयन गरिएको हो । 

योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाईसिएल) को विस्तारित बैठकबाट सँगठन विस्तार गरिएको हो । वाईसिएल सिरहाका वर्तमान सँयोजक आसानन्द यादवको अध्यक्षतामा बसेको बैठकबाट १७ वटा स्थानीय तहको लागि सँयोजक समेत चयन गरिएको हो । 

सोही बैठकबाट स्थानीय स्तरको लागि ईन्चार्ज समेत तोकिएको जनाइएको छ । कार्यक्रममा वाईसिएल सिरहाका पूर्व जिल्ला अध्यक्ष शुवाराज लामाले पार्टीको हितको लागि जहिले पनि अग्रसर हुन कार्यकर्ता तथा नेताहरुलाई सल्लाह दिए । 

बैठकमा प्रमुख अतिथिको रुपमा सुवाराज लामा सहित सुरेन्द्र साह , सुर्य प्रकाश महतो ,देव ना महतो ,विजय गुप्ता ,गणेश चौधरी , हेमन्त यादवको विशेष उपस्थिति रहेको थियो 
। 

सोही बैठकमा प्रदेश कमिटि सदस्य बिबेक परियार सहित जिल्ला कमिटिका सदस्य नितिश नन्दन यादव, दुर्गानन्द यादव, अजय यादव, ओपेन्द्र राउत, उमेश यादव, मनोज सहनी, मो. समसाद राइन, दुर्गेश झा, धनश्याम झा, देवेन्द्र यादव, नबिन घिसिँग, सँजय चौधरी, सँजीत यादव, कुलदीप महतो, धीरु यादव सहित अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..