हामी प्रधानमन्त्री ओलीको साथमा छौं : नेता कर्ण

काठमाडौं । ‘प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीबाहेक हरुको विश्वास छैन, हामी उहाँकै साथमा छौं’ जसपाका नेता लक्ष्मणलाल कर्णको भनाइ छ ।

नेपाली कांग्रेसको पछिल्लो निर्णयपछि अब तपाईंहरुको समर्थन कता भन्ने प्रश्नमा कर्णले भन्नुभयो – ‘मधेसका मुद्दा ओलीले मात्र समाधान गर्न सक्नुहुन्छ, सम्बोधन गर्न सक्नुहुन्छ, यही कारण हामी ओलीको साथमा छौं ।’ प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय कांग्रेसले गरेको थियो ।

मधेसका मुद्दा ओली सरकार बाहेक अरुले सम्बोधन गर्न नसक्ने दाबी गर्दै कर्णले प्रश्न गर्नुभयो – ‘सरकारमा भएको पार्टीले नसकेर अरुले सक्लान र अहिले हामीले एमालेसँग मात्र छलफल गरिरहेका छौं ।’

कांग्रेस र माओवादी केन्द्रसँग छलफल नभएको बताउँदै कर्णले भन्नुभयो – ‘छलफल भएपनि उहाँहरुले हाम्रा माग सम्बोधन गर्न सक्नुहुन्न, विगतमै पनि यो पुष्टि भइसकेको छ ।’ नेपाली कांग्रेसले त कुनै हालतमा मधेसका माग सम्बोधन गर्न नसक्ने कर्णको दाबी छ । 

‘अरुले माग सम्बोधन गर्न सक्दै सक्दैनन्, ओली सरकार सकारात्मक देखिएको छ, हाम्रा माग चाँडै सम्बोधन गर्छ भन्ने विश्वास छ’ – कर्णले भन्नुभयो । सरकारसँग छलफल जारी रहेको बताउँदै उहाँले भन्नुभयो – ‘माग सम्बोधन भएपछि मात्र सरकारलाई औपचारिक रुपमा सहयोग गछौं, ढिलो चाँडो ओली सरकारले माग सम्बोधन गर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..