नेपाल पक्षका ३ विद्यार्थी नेता कारबाहीमा

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले विपक्षी खेमामा रहेका विद्यार्थी नेताहरूलाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो ।

स्ववियूका आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको बताइएको छ । संगठनमा समानान्तर कमिटी गठन गरेको भन्दै अनेरास्ववियूका अध्यक्ष ऐन महरले उनीहरुलाइ कारबाही गरेका हुन् ।

यही चैत १० गते विद्यार्थी नेतृ लामासहित मात्रव नेपाल पक्षधर विद्यार्थी नेताहरुले अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए । त्यसपछि उनीहरु स्पष्टीकरण सोध्दा जवाफ नदिएकोले कारवाही गरेको महरले एक विज्ञप्तिमार्फत जनाइएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..