काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भैरहवा जाँदैछन । विभिन्न राजनैतिक छलफल तथा भेटघाटका लागि अध्यक्ष प्रचण्ड आज भैरहवा जान लागेका हुन ।
अध्यक्ष प्रचण्डले आज विहान ९ बजे लुम्बिनी प्रदेशका प्रदेश सांसदहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम भैरहवा विमानस्थल नजिकै रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगतको कार्यालयमा हुनेछ ।
त्यस्तै विहान १० बजे लुम्बिनीमा मायादेवि मन्दिर परिसरको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डले आज दिउँसा १२ बजे तैलिहवामा पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन ।
त्यसैगरी अपरान्ह ४ बजे लुम्बिनी सांस्कृतिक न.पा. अन्तरगत पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम लम्बिनीस्थित लुम्बिनि वौद्ध विश्वविद्यालयको हलमा आयोजना गरिएको छ । प्रचण्ड आजै साँझ काठमाडौं फर्कने छन ।


















