समर्थन फिर्ता गर,राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिन नसकेको भन्दै व्यङ्य प्रहार गरेका छन्। 

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘दिनदिनै एउटा न एउटाले राजीनामा माग्छ। म दिनदिनै राजीनामा दिन त सक्दिनँ नि!’

ओलीले माओवादीलाई दिएको समर्थन फिर्ता लिन नसक्नेले राजीनामा मागिराख्ने भनेर प्रश्नसमेत गरेका छन्। 

उनले भने, ‘मैले अविश्वासको प्रस्ताव ल्याएर हटाउन सक्छौ भने हटाऊ भनिरहेकै छु। समर्थन फिर्ता पनि नलिने अनि राजीनामा मागिराख्ने। समर्थन फिर्ता लिऊन् राजीनामा आइहाल्छ नि!’ 

उनले मेलम्ची आउँदा समाचार नबनाउने मिडियाले आफ्नो राजीनामा माग्दा समाचार बनाएको भन्दै मिडियाहरु प्रति असन्तुष्टि व्यक्त गरे। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..