काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ”समुदाय प्रहरी साझेदारी कार्याक्रम” अन्तर्गत लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नार्कोनन् नेपाल बिचको सहकार्यमा लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको हो।
”हर प्रहर गाउँ नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नाराका साथ सुरु गरिएको कार्यक्रममा मुख्य रुपमा लागुऔषधको प्रयोगको विषयमा छलफल गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ‘समुदाय प्रहरी साझेदारी कार्याक्रम’ अन्तर्गत शान्तीपूर्ण एवम् सुरक्षित समाजका लागि भन्ने कार्यक्रम मार्फत लागु औषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्बेदीका अनुसार सामाजिक विकृति विरुद्ध हुने अपराध न्युनिकरण गर्नको लागि प्रहरीले लागुऔषध विरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो।
उनका अनुसार समाजमा लागुऔषध सेवनका कारण महिला माथी हुने यौनजन्य क्रियाकलाप, महिला हिंसा, लैङ्गिक हिंसा लगायत घरेलु हिंसामा जस्ता विभिन्न खाले क्रियाकलापलाई न्युनिकरण गर्नको लागि पनि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताए।
एसपी चतुर्बेदीले भने, समाजिक अपराध नियन्त्रण गर्न सरकारले पनि चिन्ता गर्ने समय भएको छ, प्रहरीले मात्रै अपराधिक गतिविधि नियन्त्रण गरेपनि लागुऔषध दुव्र्यसनीले गर्दा समस्या सामाधान हुन निकै कठिन भएको अवस्था छ।” लागुऔषध दुव्यर्सनी स्वास्थ,सभ्य र अपराध मुक्त समाज निर्माणको बाधक एसपी चतुर्बेदीले भने ।
लागुऔषधले दुर्घटना समेत निम्ताउने भएकोले समाजिक गहिराईमा केन्द्रित रहेर लागुऔषध दुव्र्यसन विरुद्ध कार्यक्रम सञ्चालन गनुपर्ने एसपी चतुर्बेदीको भनाई छ। “लागुऔषधमा संलग्न हुन नदिन तथा लागुऔषधको दुवर्यसनीमा कमी ल्याउन प्रहरीले विभिन्न कार्यक्रम गरिरहेको छ।, प्रहरीले लागुऔषध दुव्र्यसनकै विरुद्ध पनि जिल्ला व्यापी अधियान सुरु गरेको अवस्था छ।” उनले भने,।
यसैगरी नार्कोनन् नेपालकी अध्यक्ष पुजा कुवँरले भने लागुऔषध दुव्र्यसन विरुद्ध प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा जिल्लाका विभिन्न स्थानियका जनप्रतिनिधि, शिक्षिका, महिला पत्रकार, विद्याथी छात्रा, महिला प्रहरी लगायत सरकारी तथा गैरसरकारी संघ संस्थाका महिलाहरुको उपस्थिती रहेको थियो।








