नेकपा एमालेकी सांसदमा जानकीदेवीलाई सपथ खुवाउन निर्वाचन आयोगको संसद सचिवालयलाई पत्राचार

काठमाडौं । निर्वाचन आयोग नेपालले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को सिफारिस अनुसार जानकीदेवी रामलाई रिक्त प्रतिनिधिसभाको सांसद पदको सपथका लागि संसद सचिवालयलाई पत्र लेखी पठाउने भएको छ। 

आयोगको आज बसेको बैठकले जानकीदेवीको नाम संसद सचिवालयलाई पठाउने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। 

एमाले सांसद सानु शिवाको निधनपछि दलित महिलाको क्लष्टरमा एक सांसद पद रिक्त थियो। दलित महिलाको क्लष्टरमा जानकीदेवीको अघि धनकुमारी सुनारको नाम थियो। तर उनले नेकपा एमाले परित्याग गरिसकेकी छन्। उनी विश्वभक्त दुलाल आहुतीको पार्टीमा प्रवेश गरेकी थिइन्। 

निर्वाचन आयोगले नाम संसद सचिवालयमा पठाएपछि सभामुख अग्नि सापकोटाले जानकीदेवीलाई सपथ ग्रहण गराउनेछन्।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..