काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) अध्यक्ष केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्दै आएको बैठक आज भने सिंहदरबारमा बस्न लागेको हो ।
साँझ ६ बजे बस्ने बैठक नियमित भएको र नियमित एजेन्डामै छलफल हुने बताइएको छ । झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।
यसअघि कोभिड–१९ संक्रमण र प्रधानमन्त्री ओली बिरामी भएका कारण मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै आएको थियो ।


