भारतबाट धुलो मिसिएको हावा नेपालमा प्रवेश, तुवाँलो झन् बढ्ने खतरा

काठमाण्डौं । नेपालको वायुमण्डलमा बुधबार केही सुधारका साथ काठमाडौंलगायतका उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढे पनि तुवाँलो झन् बढ्ने खतरा रहेको मौसमविद्हरुले बताएका छन् । मौसमविद्हरुका अनुसार बुधबार देशभर मौसममका केही सुधार देखिए पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकाले थप असर पर्नेछ । भारतबाट प्रवेश गरेको धुलो मिसिएको हावा देशको पश्चिमी र पूर्वी क्षेत्रमा देखिएको र बिहीबारफेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।


बुधबार भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज भएको तर, बिहीबार वायुमण्डल पूरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । अहिले पूर्वमा इलाम र रौतहटसम्म तुवाँलो बढिरहेको छ । बिस्तारै फैलिँदै गएको तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर बिहीबार देखिने मौसमविद्हरुको भनाइ छ ।


पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि शनिबारसम्म पानी पर्ने सम्भावना नरहेको मौसविद बताउछन् । तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको मौसविद्ले बताएका छन् ।बुधबार प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

विश्वकै पहिलो वायू प्रदूषण
काठमाण्डौंअहिलेको वायु प्रदूषणको अवस्था विश्वकै पहिलो नम्बरमा रहेको छ । काठमाण्डौको अहिलेको वायु प्रदूषण मापन गर्ने एक्यूआई दुइ सय २१ रहेको देखिन्छ ।

काठमाण्डौको भैंसेपाटी, रत्नपार्कलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । केही दिनअघि काठमाण्डौको एक्यूआई चार सय ७० भन्दा माथि पुगेको थियो । एक्यूआई २ सयभन्दा माथिको अवस्थालाई उच्च हानिकारक मानिन्छ ।

काठमाण्डौसहित देशका अरु विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । सौराहा, हेटौंडालगायत ठाउँमा पनि अहिले वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको जनाइएको छ ।

देशमा वायू प्रदूषण भएसँगै शुक्रबारसम्मका लागि देशभरका विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..