कौडाको खालबाट ६ जुवाडे प्रहरीको फन्दामा

गोरखा । कौडाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित भीमराज गुरुङको घरबाट सोमवार राति साढे बाह्र बजे उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–३ बतासेका सुगम गुरुङ, अमिर गुरुङ, भच्चेकका सोम बहादुर गुरुङ, विकास गुरुङ, सिराचनोक गाउँपालिका–५ का ठाकुर वयलकोटी र प्रकाश पोखरेल रहेको प्रहरीले जनाएको छ ।


‘अवैध रुपमा जुवा खेलिरहेको छ भन्ने गोप्य सूचना पाएपछि हाम्रो टोली त्यहा पुग्यो,’ डिएसपी प्रकाश दाहालले भने, ‘हारजित हुने गरी अवैध रुपमा कौडा खेलिरहेको भेटेपछि उनीहरुलाइ पक्राउ गरेका हौ ।’


खालबाट ९ हजार ५ शय ९५ रुपैयासहित कौडाको गोटी १६ थान र बाँसको चोयाबाट बनेको नाङ्लो एक थान बरामद गरिएको उनले बताए । पक्राउ परेकाहरुलाइ जुवा सम्बन्धि कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..