धर्मपुरबाट बेपत्ता भएका सात जना बालिका र किशोरी भारतमा भेटिए

काठमाडौं । महोत्तरी जिल्लाको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतीय शहरमा भेटिएका छन्। उनीहरु नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको भन्ने सूचना पाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनाकारी दिए। उनीहरु फेला परेको ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली गएको भट्टराईले बताए।


‘मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सीमावर्ती भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्‍याएको आशंका छ, ‘उनले भने, ‘ यहाँबाट सुरक्षाकर्मीको टोली भारत गएको छ। सीमा नाकाबाट कसरी भारत पुगे भन्ने अनुसन्धान गरिरहेका छौं।’ उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि भट्टराईले बताए।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन्। उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए। साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..