एक्सनमा एसपी पाण्डे : आठ महिनामा ५४ लाख रुपैयाँसहित १४ हुण्डी कारोबारी पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा स्रोत नखुलेको ५४ लाख ६९ हजार ३ सय २० रुपैयाँ बरामद गरेको छ ।

साउन महिनामा ६ लाख १६ हजार ८ सय ५०, कार्तिकमा १९ लाख ९१ हजार, मंसिर र पुषमा ४÷४ लाख, माघमा २ लाख ७४ हजार र फागुनमा १७ लाख ८७ हजार ४ सय ७० रुपैया पर्सा प्रहरीले बरामद गरेको तथ्यांकमा उल्लेख छ ।

पर्सा प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार सोही अवधिमा हुण्डी कारोवारमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउनमा २ जना, कार्तिकमा ३ जना, मंसिरमा १ जना, पुष र माघमा २÷२ जना र फागुनमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । जसमध्ये ११ जना धरौटिमा रिहा भएको तथ्यांकमा उल्लेख छ ।

सोही अवधिमा पक्राउ परेकामध्ये १ जनालाई बालसुधार गृहमा र २ जनालाई पुर्पक्षका लागी थुनामा राखिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए । भारतसँग खुल्ला सिमाना जोडिएको जिल्ला भएर पनि हुण्डी कारोवार नियन्त्रण गर्न चुनौति देखिएको प्रमुख प्रहरी उपरिक्षक ( एसपी ) बेलबहादुर पाण्डेले जानकारी दिए ।

विगतका वर्षहरुमा हुण्डि कारोवारको ट्रान्जिट प्वाइन्ट बनेको वीरगञ्जमा अहिले ह्रास आएको पाइएको छ । चालु आर्थीक वर्षको भदौ र असोजमा कुनै पनि हुण्डी कारोवार नहुनुले हुण्डी कारोवार न्युनिकरण भएको प्रमाणित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..