प्रधानमन्त्री ओलीलाई भुसालको जवाफ : नक्कली हैसियत किन खोज्नु भएको ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिनुभएको छ । उहाँले ओलीलाई नक्कली हैसियत किन खोज्नु भएको हो ? भनेर प्रश्न गर्नुभएकाे छ ।

उहाँलकाे पत्रमा भनिएको छ, ‘’दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’ को अध्यक्षका रुपमा तपाईँको हैसियत, त्यस अर्थमा त्यस कमिटीले गरेको भनिएका निर्णयहरु सबै अवैधानिक छन्, नक्कली छन् । म नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिवको हैसियतले तपाईँलाई त्यसै महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेक अन्य हैसियतमा स्वीकार गर्दिन । यसर्थ त्यस्तो अन्य हैसियतमा तपाईँले लेख्नु भएको पत्रको स्पष्टिकरण दिनु आवश्यक छैन । बरु तपाईँ आफै पार्टीको वैधानिक अध्यक्षको हैसियत भएको व्यक्तिले नक्कली हैसियत किन खोज्नु भएको हो ? पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? जस्ता प्रश्नको उत्तर तपाईँले नै स्पष्ट पार्नु पर्ने देखिन्छ ।’
भुषालले स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भनि प्रश्न पनि गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्, मेरो लाख–लाख अनुरोध छ, कमरेड १ यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..