रहेनन् कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

सुदूरपश्चिम । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।


उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उहाँको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उहाँका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिनुभयो ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उहाँलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।


उहाँ लामो सयमदेखि रक्तचापको औषधि खाइरहनु भएको थियो । उहाँ नेकपा (एमाले )को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका तीन छोरा र श्रीमती हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..