सेक्युरिटी प्रेस खरिद काण्ड : प्रधानमन्त्री ओलीका विज्ञ यसो गर्छन्

काठमाडौं । सरकारको ध्यान पछिल्लो समय नियुक्ति र ठेक्कापट्टामा केन्द्रित छ । सरकारको भविष्य अन्योल रहेकाले चुनावका लागि भनेर प्रधानमन्त्री निकट टिम पैसा उठाउनतर्फ लागेका छन् ।
पैसाकै बलमा अन्य पक्षका नेताहरु आफ्नो पक्षमा ल्याउने र चुनावलाई आफ्नो पक्षमा पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना छ ।

त्यही योजनाअनुसार अनावश्यक योजनाहरु समेत अघि बढाएर धमाधम ठेक्का भइरहेको छ । त्यसको पछिल्लो उदारण सेक्युरिटी प्रेसको ठेक्का प्रकरण हो । जसमा १० करोड भन्दा धेरै अनियमितता हुन लागेको छ ।


पैसाकै बलमा अन्य पक्षका नेताहरु आफ्नो पक्षमा ल्याउने र चुनावलाई आफ्नो पक्षमा पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीको योजना छ । त्यही योजनाअनुसार अनावश्यक योजनाहरु समेत अघि बढाएर धमाधम ठेक्का भइरहेको छ । त्यसको पछिल्लो उदारण सेक्युरिटी प्रेसको ठेक्का प्रकरण हो । जसमा १० करोड भन्दा धेरै अनियमितता हुन लागेको छ ।

प्रधानमन्त्री ओलीका आइटी विज्ञ अली असगरको सेटिङमा यसको ठेक्का म्याक्स इन्टरनेशनल नामक कम्पनीलाई दिइएको छ । म्याक्स त्यही कम्पनी हो जसले यसअघि नेपाल दुरसञ्चार प्राधिकरणको कम्प्युटर ल्याबसम्बन्धि करिब तीन अर्बको ठेक्का समेत हात पारेको थियो । जसमा मात्र करिब ५० करोड अनियमितता भएको स्रोत बताउँछ । जसको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत छानबिन भइरहेको छ ।

सोही कम्पनीलाई सेक्यूरिटी प्रेस आपूर्तिका लागि ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँको ठेक्का दिएको हो । जबकि, त्यही खालको प्रेस अन्य कम्पनीले पाँच करोड कममै ल्याउने गरी प्रस्ताव गरेका थिए । तर, पहिले नै म्याक्ससँग सेटिङ भएकाले उसलाई मात्र मिल्ने टेण्डर डकुमेन्ट बनाएर ठूलो रकम अनियमितता हुन लागेको हो । म्याक्सका सञ्चालक साहिना हुसेन प्रधानमन्त्रीका आइटी विज्ञ अलीका साथी हुन् । आफ्नो कम्पनीमार्फत काम गर्दा विवाद हुन सक्ने भएकाले उनले सबैजसो ठूला ठेक्का म्याक्समार्फत गर्दै आएका छन् । यो सरकार बनेयता म्याक्सको व्यापार सयौं गुणा बृद्धि भएको राजश्व कार्यालयको विवरणबाट देखिन्छ ।

टेन्डरमा आफ्ना कम्पनीले मात्र भाग लिन सकून् भनेर सुरुमा सरकारी निकायलाई पछिल्लो ५ वर्षमा करिब २ अर्ब रुपैयाँको सूचना–प्रविधि सामान आपूर्ति गरेको कम्पनी हुनुपर्ने शर्त राखेर सेटिङ गरिएको थियो । राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेलको समेत यसमा मिलेमतो छ ।

यसअघि महंगो सेक्युरिटी प्रेस खरिदमा करिब ७० करोडको कमिसनसम्बन्घि अडियो सार्वजनिक भऐपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो । अहिले किन्न लागिएको सेक्युरिटी प्रेसले पनि ठूला छपाई नगर्ने भएकाले त्यसको नेपालमा उपयोगिता नै नरहेको सञ्चार मन्त्रालयका अधिकारी बताउँछन् । यसबाट कमिसनकै लागि मात्र यस्तो प्रेस खरिद गर्न लागिएको प्रष्ट हुन्छ ।


यो ठेक्कामा कतिसम्म चलखेल गरिएको छ भने दुई साताअघि सेक्यूरिटी प्रेस खरिदका लागि भाग लिन पाउने कम्पनीको योग्यतामा फेरबदल गरिएको थियो । सुरुमा पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ४० करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने संशोधन गरेर ३८ करोड रुपैयाँ बनाइएको थियो ।


त्यस्तै राष्ट्रियपरिचयपत्र छपाईको टेण्डरमा पनि त्यस्तै चलखेल भइरहेको छ । हाल परिचयपत्रको कार्ड छपाईको टेण्डर भइरहेको छ । जसमा प्रधानमन्त्री ओली निकट ठूला व्यापारी मिलेको स्रोत बताउँछ । प्रधानमन्त्रीका आइटी विज्ञको काम नै देशका सबैजसो ठूला ठेक्का हातपार्ने र त्यसको कमिसन बालुवाटारमा बुझाउनु रहेको छ ।

देशका सबैजसो आइटी सम्बन्धि ठेक्का अली समूहको कब्जामा छ । यसअघि अध्यागमन विभागको ठेक्का (नेपाल पोर्ट)पनि सेटिङमै मिलाइएको थियो । असगरकै कम्पनी इ–सेवामार्फत समेत कर बुझाउने अनुमति पनि दिइसकिएको छ । यसमा करदाताको व्यक्तिगत पहिचान निजी कम्पनीको कब्जामा पुगेको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।दृष्टि

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..