एपीएफ टोलीद्वारा लागूऔषध सहित पक्राउ

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट चैत्र १२ गते
एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।
लु ६ प २१६५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ओनरेक्स कफ सिरप २१ बोतल, नाइट्रोभेट ट्याब्लेट १ सय ५० वटा र स्मास्मो प्रोक्सिभन प्लस १ सय ७९ वटा फेला परेपछि पक्राउ गरिएको हो ।


पक्राउ परेका निज अलिलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..