एपीएफ टोलीद्वारा लागूऔषध सहित पक्राउ

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट चैत्र १२ गते
एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।
लु ६ प २१६५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ओनरेक्स कफ सिरप २१ बोतल, नाइट्रोभेट ट्याब्लेट १ सय ५० वटा र स्मास्मो प्रोक्सिभन प्लस १ सय ७९ वटा फेला परेपछि पक्राउ गरिएको हो ।


पक्राउ परेका निज अलिलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..