२४ घण्टाभित्र स्पष्टीकरण दिन पूर्वमन्त्री भुसाल र पाण्डेलाईनिर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् ।बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् ।


७ चैतमा ओली पक्षीय नेताहरु मात्र सहभागी केन्द्री कमिटी बैठकले नेपाल, रावल, भूसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो भने १० गते महासचिज ईश्वर पोखरेलले तीन दिनको अवधि दिएर स्पष्टीकरण सोधिएको थियो ।नेपाल र रावलले १२ चैतमा ओलीलाई नै प्रश्न गर्दै पत्र पठाएका थिए ।

उक्त पत्रपछि ओलीले पार्टीको साधरण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका छन् ।
तर, भूसाल र पाण्डेले कुनै जवाफ नदिएपछि अर्को पत्र पठाइएको छ । ‘२४ घण्टाभित्र स्पष्टीकरण दिनु भनिएको रहेछ’, भुसालले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..