माधव नेपाल र भिम रावललाई कारबाही गरेपछि मुख्यमन्त्री पोखरेल खुशी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई कारबाही गरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।

कारबाहीपछि चर्किएको द्वन्द्वले एमालेमा ठुलो संकट आउने देखाएकै बेला ओली र नेपाल दुवै पक्षका नेताबाट एकपछि अर्को प्रतिक्रिया आइरहेका छन्।

यस विषयमा अहिले सामाजिक सञ्जाल तातिएको छ भने नेताहरू आफ्ना पक्षका लागि रणनीति तय गर्दैछन् । यसै क्रममा ओली समूहका नेता शंकर पोखरेलले पार्टीको परम्परा र विधान ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले सोमबार मध्यरातमा कारबाहीको निर्णय सबैको हित गर्ने दाबी गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन, पार्टी अनुशासनले सबैको हित गर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..