माधव नेपाल र भिम रावललाई कारबाही गरेपछि मुख्यमन्त्री पोखरेल खुशी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई कारबाही गरेपछि राजनीतिक वृत्त तरंगित बनेको छ ।

कारबाहीपछि चर्किएको द्वन्द्वले एमालेमा ठुलो संकट आउने देखाएकै बेला ओली र नेपाल दुवै पक्षका नेताबाट एकपछि अर्को प्रतिक्रिया आइरहेका छन्।

यस विषयमा अहिले सामाजिक सञ्जाल तातिएको छ भने नेताहरू आफ्ना पक्षका लागि रणनीति तय गर्दैछन् । यसै क्रममा ओली समूहका नेता शंकर पोखरेलले पार्टीको परम्परा र विधान ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले सोमबार मध्यरातमा कारबाहीको निर्णय सबैको हित गर्ने दाबी गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन, पार्टी अनुशासनले सबैको हित गर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..