भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोरोना खोप दियो

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख डोज कोरोना खोप दिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतबार काठमाडौंमा आइपुगेको हो ।


सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो खोप सेनाका लागि प्रयोग गरिनेछ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उनले बताएका छन् ।


भारतले यसअघि १० लाख डोप खोप नेपाललाई अनुदान दिएको थियो । लगतै नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गरेको थियो, जसमध्ये १० लाख नेपाल आयो भने १० लाख आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..