भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोरोना खोप दियो

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख डोज कोरोना खोप दिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतबार काठमाडौंमा आइपुगेको हो ।


सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो खोप सेनाका लागि प्रयोग गरिनेछ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उनले बताएका छन् ।


भारतले यसअघि १० लाख डोप खोप नेपाललाई अनुदान दिएको थियो । लगतै नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गरेको थियो, जसमध्ये १० लाख नेपाल आयो भने १० लाख आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..