झा दम्पत्ती हत्या प्रकरण : शव लुकाएको बाकस र जलेका कपडा बरामद,थप ३ पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका झा दम्पतीको बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मुसाफिर झा र उनकी पत्नी गीता देवीलाई अपहरण पश्चात हत्या गरेर बाक्सामा शव जलाउन खोज्ने थप तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले  स्थानीय तारादेवी झा र उनका दुई छोरा कैलाश र विकासलाई सार्वजनिक गरेको हो। पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार उनीहरुले शव जलाउने काम गरेका थिए।

‘कैलाशको घर पछाडि झा दम्पत्तीको घरबाट हराएको कपडा र आधा जलेको बेड फेला परेको छ, ‘एसपी आचार्यले भने,‘हत्या गरेर केही समय टिनको बाक्सामा शव राखेर लुकाइएको थियो। पछि शवलाई जलाउन खोजिएको देखिन्छ।’ दम्पत्तीको घर भन्दा आरोपी तीनै जनाको घर २० मिटर नजिकै पर्छ। उनीहरु मृतका आफन्त पनि हुन्। बिहीबार बोरामा प्याक गरेर खाल्टोमा गाडेको अवस्थामा गाउँ नजिकै उनीहरुको शव फेला परेको थियो।

शव भेटिएपछि प्रहरीले झा दम्पत्तीका छिमेकमा सर्च गरेको थियो। सोही क्रममा शव लुकाउन र जलाउन प्रयोग गरिएको बाक्सा, जलाइएका लुगाफाटो र ओछ्यान फेला परेको प्रहरीले जनाएको छ। शव नजलेपछि बोरामा प्याक गरेर अभियुक्तले घटना दबाउन खाल्डो खनेर गाडेको  प्रहरीले जनाएको छ। ‘दम्पत्तीलाई सुतेको अवस्थामा ओछ्यानमै तिनीहरुले हत्या गरे। शव झोलामा प्याक गरेर बाक्सामा बन्द गरेर राखे,’ एसपी आचार्य भन्छन्, ‘मृतकको शव फेला परेको छ। उनीहरुलाई लुकाइएको बाक्सा पनि भेटिएको छ।

घटनाका नयाँ आरोपी  पक्राउ परेका छन्। हामी अझै अनुसन्धानमा छौँ, अब घटनाको पक्कै पनि नयाँ तथ्य बाहिर आउँछ।’ जग्गा बिक्री नगरेको विषयमा गएको फागुन १० गते राति ओछ्यानसहित झा दम्पत्ती बेपत्ता भएका थिए। उनीहरुलाई हत्यापछि बेपत्ता बनाइएको थियो।  पक्राउ परेकामाथि हत्या आरोपमा अनुसन्धान सुरु भएको छ।

जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद लिइएको छ। दम्पतीको हत्या आरोपमा प्रहरीले हालसम्म सात जनालाई पक्राउ गरेको छ। दम्पत्ती हत्याको अभियोगमा यसअघि उनका छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका तथा भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..